कृषि मेलाको आकर्षण, कौसी खेतीका लागि इजरायली प्रविधिको ‘ग्रोटावर’

<span class='c1'>कृषि मेलाको आकर्षण, कौसी खेतीका</span> <span class='c2'>लागि इजरायली प्रविधिको ‘ग्रोटावर’</span>

विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । मेलामा पुग्नेहरुका लागि यो कृषिमा आधुनिक प्रविधि आकर्षक छ ।

खासगरी शहरको जीवन घरसँग मात्रै निर्भर हुन्छ । खेतीपाती लगाउने जमिन हुन्न । यदि जमिन भएपनि कसैले खनजोत गर्दैन । बाँझो छोड्छ र आवश्यक पर्ने तरकारी किनेर खान्छ । यो ग्रोटावर यस्तै शहरीया जीवनशैलकिा लागि निर्माण गरिएको इजरायली प्रविधि हो । कंक्रिट घरको बरण्डा वा कौसीमा यो ग्रोटावर स्टलेसन गरिसकेपछि घरलाई पुग्ने तरकारी यसैमा फल्छ ।

मोरङको बुढीगंगा–१ स्थित किसान सेवा प्रा.लि.ले ग्रोटावरलाई मेलामा राखेको छ । खासमा यो काठमाण्डौंबाट मगाइएको हो । यो इजरायली प्रविधिको प्रयोग विराटनगरमा अहिलेसम्म खासै भएको छैन । गुरुङ्गका अनुसार मेलामा राखिएको भर्टिकल ग्रोटावरमा ३२ वटा बिरुवा रोप्न सकिन्छ । सामान्यतया माटोमा रोपेको तरकारी भन्दा यसमा रोपेको दुईतिहाई बढी उत्पादन हुन्छ । ‘शहरमा व्यस्त जीवन तर स्वस्थ्यकर खाना खान आफैंले उत्पादन गर्ने कोशिसमा रहनु भएकाहरुलाई लागि सहज छ’ गुरुङले भने–यो एक पटक स्टलेसन गरिसकेपछि सधैंलाई हुन्छ ।

३२ वटासम्म प्लान्ट लगाउन सकिने ग्रोटावरको मूल्य १८ हजार पर्दछ । यसमा तल एउटा बकेट हुन्छ । बकेटको बीचबाट प्लाष्टिकको गोलाकारका बट्टाहरु हुन्छन् । मानौ की टिफिनका बट्टाहरु एकले अर्कोलाई सेप मार्दै मिले जस्तै बकेटबाट टावर निर्माण हुन्छ । बकेटमा बिरुवालाई आवश्यक पर्ने न्यूट्रेन्ट सोलुसन बनाइन्छ । बकेटमा पम्प र टाइमर हुन्छ । बिरुवालाई आवश्यक पर्ने न्यूट्रेन्ट कति समयमा पठाउने भन्ने सेटअप हुन्छ । त्यो टाइमर सेटअप गरेपछि पम्पले त्यति बेला पानी पठाउँछ । माथि टावरमामा बिरुवा रोपिइको हुन्छ । तल पम्पले पठाएको पानी बिरुवाको जरा हुँदै पुनः बकेटमा फर्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्