विराटनगरमा टाटा पन्च इलेक्ट्रिक कार बिक्री सुरु: उच्च प्रविधि र आकर्षक डिजाइनको संगम

<span class='c1'>विराटनगरमा टाटा पन्च इलेक्ट्रिक कार बिक्री सुरु:</span> <span class='c2'>उच्च प्रविधि र आकर्षक डिजाइनको संगम</span>

विराटनगर । टाटा मोटर्सको बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक कार मोडल 'टाटा पन्च' विराटनगरमा बिक्री सुरु भएको छ। स्थानीय डिलर गोयल अटोले यस अत्याधुनिक गाडीको बिक्री शुभारम्भ गरेको हो।

टाटा पन्च तीन भेरियन्टमा उपलब्ध छ। एस एमआर भेरियन्ट ३३ लाख ९९ हजार, एलआर भेरियन्ट ३६ लाख ९९ हजार र एस एलआर भेरियन्ट ३८ लाख ९९ हजार रुपैयाँमा बिक्री हुनेछ।

कम्पनीका अनुसार, 'एक्ट ईभी' प्लेटफर्ममा निर्मित यो गाडी उत्कृष्ट प्रदर्शनका लागि डिजाइन गरिएको छ। यसको आकर्षक बाह्य स्वरूपमा कनेक्टेड एलइडी डीआरएल, स्प्लीट हेडलाइट र मस्कुलर बडी शेप समावेश छन्।

आन्तरिक सुविधाहरूमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्क्रीन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट र ३६० डिग्री क्यामेरा उल्लेखनीय छन्। यसमा इलेक्ट्रिक पार्किङ ब्रेक, वायरलेस मोबाइल चार्जिङ र भ्वाइस कमाण्डबाट नियन्त्रित हुने सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्।

टाटा पन्चमा १९० एमएमको ग्राउण्ड क्लियरेन्स र ९० किलोवाटको शक्तिशाली मोटर छ। यसको ३५ किलोवाट आवरको ब्याट्रीले लामो दूरीको यात्रा सम्भव बनाउँछ।

यो इलेक्ट्रिक एसयूभी आफ्नो उच्च प्रविधि, आकर्षक डिजाइन र वातावरण मैत्री विशेषताहरूका कारण नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्