चालकसँग पम्प सञ्चालक सेटिङ : ट्याङकरबाटै चोरिन्छ डिजेल

<span class='c1'>चालकसँग पम्प सञ्चालक सेटिङ</span> <span class='c2'>: ट्याङकरबाटै चोरिन्छ डिजेल</span>

प्रेम देवान
विराटनगर । नेपाल आयल निगमबाट पम्पहरुका लागि पठाइएको डिजेल ट्याङकर चालकसँगको मिलेमतोमा चोरी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइएको छ ।

बिहीबार बेलुका ७ बजे ट्याङकर चालक र पम्प सञ्चालकको मिलेमतोमा डिजेल चोरी हुने गरेको सुचना पाएपछि प्रहरीले निगरानी गरेर नियन्त्रणमा लिइएको हो ।

उक्त सुचना विराटनगरका केही मिडियाकर्मीलाई समेत जानकारीमा आएपछि उनीहरुसमेत त्यहाँ पुगेका थिए । आयल निगमबाट मोरङ र सुनसरीका पाँच पम्पका लागि डिजेल लोडगरि निस्केको को १ ख ७६६८ नम्बरको ट्यांकर चालकले बुढीगंगा-४ स्थित राहुल निसस फ्युल सेन्टरको पछाडी रोकेर इन्धन अनलोड गरेको भेटिएको थियो ।

पेट्रोलियम डिलर्स एशोसियसन कोशीका महासचिव रुद्र कार्कीको पम्पमा रोकिएको ट्याङ्करमा भने अन्य पम्पको लागि डिजेल लोड गरिएको थियो । निगमबाट २० हजार लिटर डिजल लोड गरेर निस्किएको सो ट्यांकरले सुनसरी र मोरङको चार पेट्रोल पम्पहरु दि बिजया पेट्रोल पम्प, बांसबारीको एशिया फ्यूल, विराटनगर १९ को न्यू कान्तिपुर पेट्रोल पम्प र दुहबीको पाथिभरा पेट्रोल पम्प र बांसबारीको दूगड स्पाईसेजको लागि डिजेल दिनुपर्ने थियो ।

ट्यांकरबाट पाँचैजना व्यवसायीलाई ४/४ हजार लिटरको परिमाणमा डिजेल बुझाउनुपर्ने बिलिङ थियो । सो ट्यांकरले ३ वटा पेट्रोल पम्पमा बिल अनुसारको डिजेल बुझाएको थियो । राति पौने ८ बजेतिर ट्यांकर बुढीगंगा गाउँपालिका ४ मा रहेको राहुल निसम फ्युल सेन्टरमा पुगेपछि भने अनाधिकृत रुपमा डिजेल खन्याएको भेटिएपछि प्रहरीले चालक र ट्याङ्कर नियन्त्रणमा लिइएको थियो ।

सो ठाउँमा डिजेल चोरी भईरहेको सूचना आएपछि २७ गते राति पौने ८ बजे प्रहरी तथा संचारकर्मीको टोली पुगेको थियो । टोली पुग्दा उक्त ट्यांकर फ्युल सेन्टरको पछाडि तेल अनलो डगर्ने स्थानमा भेटिएको थियो । बिलमा उल्लेख नै नभएको पेट्रोलपम्पमा ट्यांकर भेटिएपछि प्रहरीले सो बिषयमा पम्पमा रहेका कर्मचारी र ट्यांकर चालकलाई सोधपुछ गरेको थियो । पम्पमा भेटिएका कर्मचारी कमल ढकालले थाकेर आएको चालक हातखुट्टा धुनका लागि मात्र त्यहाँ गाडी पार्क गरेको दाबी गरेका थिए । यद्यपी ट्यांकर चालक शहरमान मांझीले भने उक्त पम्पमा केहि डिजेल अनलोड गरिएको बताएका थिए । डिजेल अनलोड गरेको भएपनि कति परिमाण भने उनले स्पष्टसंग आफुलाई थाहा नभएको बताए ।

यता मोरङ प्रहरीले भने आयल निगमलाई सो बिषयमा जानकारी गराएको थियो । त्यस लगत्तै आयल निगमले सह-प्रबन्धक संजय दाहाल र ओभरसियर अविनाश अधिकारीलाई ट्यांकरमा रहेको डिजेल नापजाँच गर्न खटाएको थियो । आयल निगमबाट आएका प्राविधिक टोलीले चेकजाँच गर्दा फरक फरक मापन देखाएको थियो । ट्यांकरमा मौजुद डिजेलमा कैफियत रहेपनि यकिनसाथ तत्काल बताउन नसक्ने बताएपछि ट्यांकर जिल्ला प्रहरी कार्यालय मोरङमा राती नै झिकाइएको थियो । शुक्रबार डिजेल पुन: मापन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय परिसरमा नेपाल आयल निगमका प्रमुख तथा प्राविधीक टोली, पेट्रोलियम ढुवानी व्यवसायी संघका पदाधिकारी, प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा पुन:चेक गर्दा हुनुपर्ने परिमाण थिइएन । राति चेक गर्दा १४०.३ सेन्टीमिटरको स्थानमा १३८.६ देखाएको थियो । शुक्रबार दिउसो चेक गर्दा ११७.२ सेन्टीमिटर देखाएको थियो । ३ नम्बर च्याम्बरबाट २३ सेन्टिमिटर अर्थात ६५८ लिटर तेल हराएको पाइएको आयल निगमका सहायक प्रबन्धक संजय दाहालले जानकारी दिए ।

दुगड स्पाईसेजलाई पठाएको ३ नम्बर चेम्बरमा लोड गरिएको डिजेलमा ६५८ लिटर कम भेटिएपछि ट्याङकर चालकले पेट्रोल पम्पका संचालकहरुसँग मिलेर चोरी गर्ने गरेको खुलेको छ ।

यता जिल्ला प्रहरी कार्यालय प्रहरीले ट्याङकर चालक माझीलाई नियन्त्रणमा लिएको छ । पम्प सञ्चालक भने प्रहरी सम्पर्कविहीन भएका छन् ।

भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्