बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशिल छ : मन्त्री सुडी

<span class='c1'>बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशिल</span> <span class='c2'>छ : मन्त्री सुडी</span>

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशिल रहेको बताएका छन् ।

शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन् । यीनिहरुको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र सुनिश्चित भविष्यको आधारशिला तयार गर्छ । बालबालिकाको शिक्षा,स्वास्थ्य क्षेत्रमा भएका लगानी र बाल संरक्षणका विविध सवालहरुलाई सम्बोधन गर्न आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले लिएको नीति र बजेट व्यवस्थाले समेत प्रस्ट पारेकोमा वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्तै संवेदनशिल छ भन्ने विश्वास दिलाउन चाहन्छु । सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून,नीति योजना तथा कार्यक्रमहरु मार्फत बालबालिकको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएको भएतापनि थप लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको छ ।’

साथै उनले बालबालिकको संरक्षणका लागि धेरै समस्या र चुनौतिहरुको सामना गर्नु परेको बताए । उनले बालबालिकाविरुद्ध हिंसा, बालयौन दुर्व्यवहार, बालश्रम, बालविवाह लगायत अन्य समस्याहरुलाई उन्मुलन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्