विराटनगरमा बिपी स्मृति टेबल टेनिस: १४० विद्यार्थीको सहभागितामा प्रतिभा प्रस्फुटन

<span class='c1'>विराटनगरमा बिपी स्मृति टेबल टेनिस:</span> <span class='c2'>१४० विद्यार्थीको सहभागितामा प्रतिभा प्रस्फुटन</span>

विराटनगर । बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस मोरङको खेलकूद तथा युवा विभागद्वारा आयोजित "बि पि कोइराला स्मृति अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१" सफलतापूर्वक सम्पन्न भएको छ।

यस प्रतियोगितामा नगरभित्रका १८ विद्यालयका करिब १४० विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा कक्षा ६ सम्मको क्याडेट, कक्षा ७-८ को सब-जुनियर र कक्षा ९-१० को जुनियर वर्गमा छात्र तथा छात्रा दुवैका लागि सिंगल्स प्रतिस्पर्धाहरू आयोजना गरिएको थियो।

क्याडेट गर्ल्स सिंगल्समा बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले स्वर्ण पदक हासिल गरिन्। क्याडेट ब्वाइज सिंगल्समा पनि बुढानिलकण्ठकै आयान श्रेष्ठले प्रथम स्थान हासिल गरे।

सब-जुनियर गर्ल्स सिंगल्समा श्री श्री रविशंकरकी स्वाति साह र सब-जुनियर ब्वाइज सिंगल्समा लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले स्वर्ण पदक जिते।

जुनियर गर्ल्स सिंगल्समा सेन्ट मेरिज स्कुलकी विज्ञता थापा र जुनियर ब्वाइज सिंगल्समा एभरेष्ट स्कुलका सुशान्त मेहताले प्रथम स्थान हासिल गरे।

पुरस्कार तथा समापन समारोहको अध्यक्षता खेलकूद तथा युवा विभाग संयोजक प्रकाश दाहालले गरेका थिए। प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता महेश आचार्यले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे। समारोहमा कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, नेपाली कांग्रेस मोरङका कोषाध्यक्ष रन्जु अधिकारी र क्षेत्र नं. ४ का सभापति विनोद बस्नेत लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा टेबल टेनिस खेलमा योगदान पुर्‍याएबापत अखिल नेपाल टेबल टेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विकेन थापालाई प्रमुख अतिथि आचार्यले सम्मान-पत्र प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्