सुशासनकाे सुई बालकाेट र बुढानिलकण्ठतिर साेझिएपछि सरकार ढालियाे : अध्यक्ष प्रचण्ड

<span class='c1'>सुशासनकाे सुई बालकाेट र बुढानिलकण्ठतिर साेझिएपछि</span> <span class='c2'>सरकार ढालियाे :  अध्यक्ष प्रचण्ड</span>

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यकाे नेतृत्वमा बस्नेहरूले गरेकाे भ्रष्टाचारविरूद्द कदम चालेकाे बताएका छन् ।

माेरङकाे ग्रामथानस्थित नेताचाेकमा आयाेजित पार्टी प्रबेश तथा बृहत् जनसभामा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उनले आफ्नो नेतृत्वमा भएकाे सरकारले सुशासनकाे पक्षमा, भ्रष्टाचारको विरूद्द, सामाजिक न्यायकाे क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेकाे बताए।

यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट विजुली बेच्ने सहमति गरेकाे, पञ्चेश्वर परियाेजना अगाडि बढाउन पहल गरेकाे, चीन भ्रमणकाे क्रममा बिआरआई परियाेजना ल्याउने लगायतका सम्झाैता गरेकाे बताए । उनले ईटली र राष्ट्र संघकाे महासभामा गरेकाे सम्बाेधनकाे विश्वमा चर्चा भएकाे दाबी गर्दै जसले नेपालकाे छविमा सुधार आएकाे उनकाे दाबी थियाे । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनकाे सुई बालकाेट र बुढानिलकण्ठ तिर साेझिएपछि सरकार ढालेकाे उनले बताए । तर, आफू सरकारबाट नपस्कदा पनि बिजेताकाे भावमा जनतामा आएकाे बताउँदै सरकारमा रहनेहरूकाे भने डरले गएकाे साताे अझै नफर्किएकाे दाबी गरे ।

अहिलेकाे सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएकाे आराेप लगाए । पर्यटन व्यवसायीकाे निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेकाे गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर ईतिहास रचेकाे भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाकाे हुन लागेकाे उप निर्वाचनमा पनि काङ्ग्रेस-एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए । उनले जनताकाे अपार समर्थन बढ्दै गएकाे भन्दै ८४ काे निर्वाचनमा माओवादीलाई ६४ सालकाे अवस्थामा पुर्याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूकाे विरूद्दमा काम गरेकै कारण माओवादी ठूलाे पार्टी बन्नै पर्ने उनले बताए ।

अहिलेकाे सरकार भ्रष्टाचारकाे भयबाट बनेकाे र छुट्टयाइएको बजेट पनि दुरूपयाेग हुनसक्ने बताए । दुई तिहाइकाे सरकार छ भनेर दम्भ देखाए भने बंगलादेश हेर्दा हुन्छ भनेर भनेकाे भन्दै उनले शतप्रतिशत मत ल्याएकाे सद्दाम हुसेनकाे उदाहरण हेर्न सुझाव दिए ।
एमालेले आफूले भनेकाे कुरालाई बंग्याएर भ्रम फिँजाउन खाेजेकाे भन्दै सरकारले, जनताकाे र राष्ट्रकाे विरूद्द भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाउने र आफ्नो पार्टी पनि जनतामै जाने बताए । सरकारले कुलमान घिसिङलाई हटाउन खाेजे उनीहरूले ठूलाे मूल्य चुकाउने बताउँदै त्यसाे नगर्न आफूले सुझाव दिएकाे बताए ।
माओवादीले लडेर आएकाे व्यवस्थामा बसेर माओवादीलाई नै हेला हाेचाे गर्न काेशिस गरे फेरि आन्दोलन उठ्ने उनले चेतावनी दिए । `उनीरूले सत्य र न्यायकाे गला रेट्ने प्रयास गरे भने दलाल र भ्रष्टहरूकाे विरूद्द उठ्नु पर्ने हुनसक्छ´, उनले भने ।

उनले जीवनकाे उत्तरार्ध भएपनि जाेश आएकाे उनले बताए । `भ्रष्टाचारविरूद्द सुशासनकाे पक्षमा लड्ने जाेश आएकाे छ । मरेपछि पनि बाँचिरहने बन्ने मेराे प्रयास छ,´ उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल माेदीले भ्रष्टाचार काण्ड जाेगाउनै अहिलेकाे सरकार बनेकाे बताए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका काण्डमा धमाधम कारबाही गर्न थालेपछि काङ्ग्रेस र एमाले अत्तालिएर सरकार परिवर्तन गरेकाे बताए । उनले ग्रामथानमा हुन लागेकाे उपनिर्वाचनमा माओवादीलाई जिताउन आग्रह पनि गरे ।

कार्यक्रममा विभिन्न पार्टी छाेडेर नेपाली काङ्ग्रेसका नेता नमाेनारायण चाैधरीकाे नेतृत्वमा ६ सय बढी सर्वसाधारण माओवादीमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्