पूर्वाञ्चल बाल आश्रमले राष्ट्रिय बाल दिवस मनायो

<span class='c1'>पूर्वाञ्चल बाल आश्रमले राष्ट्रिय</span> <span class='c2'>बाल दिवस मनायो</span>

इन्दु साह
विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा आश्रमले ६० औं राष्ट्रिय बाल दिवसको भव्यताका साथ मनाएको छ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ शनिबार एक कार्यक्रमको आयोजना गरी बाल दिवसको भव्यताका साथ मनाएको हो।

उक्त कार्यक्रमको अध्यक्षता आश्रमकी संचालक सिता पोखरेल,प्रमुखअतिथि कोशी प्रदेशकी सांसद शोभा चेम्जोङ,विराटनगर महानगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा आश्रमका बालबालिकाहरूले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

यसका साथै केही बालबालिकाहरूको जन्मोत्सव समेत मनाइएको थियो । कार्यक्रममा शिक्षा, खेलकुद, नृत्य, गायन लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट गर्ने बालबालिकाहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो।

पूर्वाञ्चल बाल सेवा आश्रमकी संचालक सिता पोखरेलले भनिन् हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउँछौं, तर यो वर्ष विशेष छ किनभने यो ६० औं वर्ष हो। हाम्रा बालबालिकाहरूले देखाएको प्रतिभा र उत्साह देखेर म अत्यन्तै खुशी छु ।

प्रमुख अतिथि सांसद चेम्जोङले बालबालिकाहरूको प्रतिभा र क्षमताको प्रशंसा गर्दै भनिन् आजको कार्यक्रमले देखायो कि हाम्रा बालबालिकाहरूमा अपार सम्भावना छ। हामीले उनीहरूलाई सही मार्गदर्शन र अवसर प्रदान गर्नुपर्छ ।

नेपालले बाल अधिकार सम्बन्धी महासन्धी सन् १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

पूर्वाञ्चल बाल सेवा आश्रमको स्थापना २०४४ सालमा भएको थियो। हाल यस आश्रममा ७० भन्दा बढी बालबालिकाहरू रहेका छन्। आश्रमले अनाथ,असहाय बालबालिकाहरूलाई आश्रय, शिक्षा र स्याहार प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्