पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

<span class='c1'>पत्रकार सुधीर शर्माका दुई</span> <span class='c2'>पुस्तक एकसाथ विमोचन</span>

काठमाडौं । पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन् ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन गरिएको हो ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका छन् । पुस्तक नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेलले विमोचन गरेका हुन् । शर्माले ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् भने ‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेका छन्।

यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्