सौन्दर्यकर्मी यूनियन विराटनगरद्धारा विराट बहिरा स्कुललाई स्वास्थ्य सामाग्री

<span class='c1'>सौन्दर्यकर्मी यूनियन विराटनगरद्धारा विराट</span> <span class='c2'>बहिरा स्कुललाई स्वास्थ्य सामाग्री</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले विराटनगर ५ मा रहेको विराट बहिरा माध्यमिक स्कुललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

युनियनले ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा स्कुलमा आवश्यक पर्ने प्राथमिक उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीसँगै बालबालिकाहरुको हेयर कटिङ समेत गरेको छ ।

नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सामाजिक कार्य अन्तर्गत बालबालिकालाई खाजा बिस्कुट, फ्रुटी लगायत मिठाई समेत वितरण गरेको थियो ।
विराट बहिरा माविमा अध्ययरत विद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम आयोजना गरि ६०औं राष्ट्रिय बाल दिवस मनाएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी अध्यक्ष भली सुब्बाले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै उनले सिप सिक्ने इच्छुक विद्यार्थीहरुलाई राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनरले ब्यूटिसियन सम्बन्धी तालिम निःशुल्क दिने समेत बताइन् ।

अहिले आवश्यकता पनि सिप र संस्कार सहितको शिक्षा भएको जानकारी गराउँदै अध्यक्ष सुब्बाले बालबालिकाहरु भविष्यको कर्णधार भएको बताइन् । शिक्षालाई प्राथामिता दिएर अगाडी बढाउन सके सफलता प्राप्त हुने अध्यक्ष सुब्बाको भनाई छ ।

नाबुन विराटनगरको महासचिब बसन्ती गुरूङले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय उपमहासचिब ममता प्रधान रहेकी थिइन् । त्यसैगरी कार्यक्रममा जिफन्ट महिला कमिटिकी सचिब सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, प्रदेश कोषाध्यक्ष अमिता पोखरेल, सदस्य चन्द्रा घिमिरे, गंगा तामाङ्ग लगायतका ब्यूटिसियनहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । नावुन विराटनगरले यस अघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्