राष्ट्रिय बाल दिवसको अवसरमा विराट नर्सिङ होमको नि:शुल्क स्वास्थ्य शिविर

<span class='c1'>राष्ट्रिय बाल दिवसको अवसरमा विराट</span> <span class='c2'>नर्सिङ होमको नि:शुल्क स्वास्थ्य शिविर</span>

विराटनगर । राष्ट्रिय बाल दिवसको अवसरमा विराट नर्सिङ होम प्रालिले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ नर्सिङ होमले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

दक्ष तथा अनुभवी वरिष्ठ बाल रोग नवजात शिशु विशेषज्ञको टोलीले शिविरमा ३६० जना बालबालिकाको नि:शुल्क स्वास्थ्य जाच गरेको विराट नर्सिङ होमले जनाएको छ।

उक्त शिविरमा नेत्र रोग,छाला रोग,दाँत,नाक,कान तथा घाटी, पोषण तथा आहार र अटिजम सम्बन्धि जाच तथा नि:शुल्क परामर्श २५ प्रतिशत,एमआरआई सिटी स्क्यान,बालबालिकाहरुलाई शल्यक्रिया आवश्यक परेको अवस्थामा शल्यक्रियामा विशेष छुटको व्यवस्था गरेको थियो।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्