पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

<span class='c1'>पेट्रोल, डिजेल र</span> <span class='c2'>मट्टीतेलको भाउ घट्यो</span>

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्