विराटनगरबाट दाङ जाँदै गरेको यात्रुबाहक बस बारामा दुर्घटना

<span class='c1'>विराटनगरबाट दाङ जाँदै गरेको</span> <span class='c2'>यात्रुबाहक बस बारामा दुर्घटना</span>

विराटनगरबाट दाङ जाँदै गरेको यात्रुबाहक बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ४२ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट दाङ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बाराको निजगढ नगरपालिका -८ उनासी पुल नजिक दुर्घटना भएको हो । दुर्घटनामा दाङ देउखुरी गटवा गाउँपालिका-५ का ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ ।

चालक र सहचालकसहित ४३ जना सवार रहेको बस मध्यरातमा भएको दुर्घटनामा गम्भीर घाइते बनेका यादवको ब्योधा अस्पताल वीरगन्ज उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनु भएको छ ।

घाइतेमध्ये चालकसहित ६ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि ब्योधा अस्पताल वीरगन्ज पठाइएको छ भने अन्यलाई निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पताल र सीटी अस्पतालमा राखेर उपचार भइरहेको छ । घाइतेहरु मध्ये १५ जनाको अवस्था मध्यम रहेको छ भने २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसको अगाडीको पट्टा भाँचेर अनियन्त्रित हुदाँ बस पुलबाट १० मिटर तल खसेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्