विराटनगरमा पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा पार्किङ गरिएको ट्रकमा मोटरसाइकल</span> <span class='c2'>ठोक्किँदा एक जनाको मृत्यु</span>

विराटनगर । विराटनगर रानी सडक खण्डमा पार्किङ गरेर राखिएको ट्रकमा आइतबार राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर नजिक कोशी राजमार्गमा दुर्घटना भएको हो ।

सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल राति १०ः३० बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ प्रमुख राजन लम्सालका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर–१८ का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा कृष्णसहित मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये कृष्णको उपचारका क्रममा विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा सोमबार बिहानका राति १ बजेतिर मृत्यु भएको जानकारी लम्सालले दिएका छन् । गम्भीर अवस्थाका राजीवको विराट नर्सिङ होममै उपचार भईरहेको छ । दुर्घटनापछि ट्रक चालक भारतको उत्तर प्रदेश मोहनगन्जका २८ वर्षीय मक्सुद आलम फरार बनेका थिए । खोजतलासका क्रममा फेला पारेका उनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्