राष्ट्रिय बाल दिवसमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

<span class='c1'>राष्ट्रिय बाल दिवसमा “बालबालिकासँग</span> <span class='c2'>मुख्यमन्त्री” कार्यक्रम सम्पन्न</span>

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकासँग मुख्यमन्त्री" कार्यक्रम भव्यताका साथ आयोजना गरेको छ।

नेपाल स्काउट कोशी प्रदेशका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विभिन्न पालिकाबाट आएका स्काउट विद्यार्थीहरूले मुख्यमन्त्री समक्ष आफ्ना जिज्ञासाहरू प्रस्तुत गरेका थिए। मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूका प्रश्नहरूको सहज र सरल रूपमा जवाफ दिनुका साथै आफ्नो विचार पनि राख्नुभयो।

नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त महेन्द्रराज रन्जितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेपाल स्काउटका विभिन्न पदाधिकारीहरू, सरकारी अधिकारीहरू, स्काउट लिडरहरू र स्काउटहरूको उपस्थिति रहेको थियो।

कोशी प्रदेशका विभिन्न स्थानीय तहबाट कुल ४२२ जना स्काउटहरूले कार्यक्रममा भाग लिएका थिए। प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए।

यस कार्यक्रमले बालबालिकाहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्ने र प्रदेश सरकारसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको छ, जसले गर्दा युवा पुस्तामा नागरिक सहभागिता र लोकतान्त्रिक प्रक्रियाको बोध बढाउन मद्दत पुग्ने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्