संसदमा जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ : सांसद बस्नेत

<span class='c1'>संसदमा जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण</span> <span class='c2'>छ : सांसद बस्नेत</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे जनआन्दोलनलाई संसदमा अवमूल्यन हुनेगरी बहस हुनु दुखद भएको बताएका छन् ।

सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैंमा दुखद कुरा भएको बताएका हुन् ।

उनले भने, ‘नेकपा माओवादीको नेतृत्वमा संचालन भएको १० वर्षे जनयुद्ध जसलाई विस्तृत शान्ति सम्झौताले र संविधानले सशस्त्र संर्घषको रुपमा परिभाषित गरेको छ । आन्दोलनहरुको योगदानलाई अवमुल्यन, अपमानित गर्नेगरी संसदमा बहस हुनु दु:खद छ । सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरु १० वर्र्षको माओवादीको नेतृत्वको जनयुद्धलाई सशस्त्र संर्घषलाई अपमानित हुने गरेर व्यक्त भएका विचारहरुमा हाम्रो तर्फबाट असहमति र आपत्ती रहेको कुरा जानकारी गराउँछु । यस सन्दर्भमा हाम्रो विरोध रहेको संसदमा दर्ज गर्न चाहन्छु ।’

उनले लाञ्छना र अपमानित गर्नेगरी १० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्न नहुने बताए । उनले १० वर्षे द्धन्द्धलाई हिंसाको रुपमा हेरिनु आफैंमा अनुपयुक्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्