‘सहकारीहरु कानुन र इमान विपरित छन् भन्ने अध्ययनले देखाउँछ’

<span class='c1'>‘सहकारीहरु कानुन र इमान विपरित</span> <span class='c2'>छन् भन्ने अध्ययनले देखाउँछ’</span>

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेसपछि बैठकमा बोल्दै उनले अनुसन्धाबाट सहकारी विपरित, कानुन विपरित र इमान विपरित कार्य भइरहेको खुलेको बताए ।यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस आफूहरुले गरेको उनको भनाई छ ।

उनले भने,‘मान्छेका खाता, कार्य प्रणाली फेक छन् । सहकारी होइन् । सहकारी विपरितका क्रियाकलाप भइरहेका छन् । कानुन विपरित र इमान विपरित कार्य भइरहेका छन् । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौं र समस्या समाधानको बाटो पहिल्याउँदै अविश्वासको अध्यारो छिचोलेर विश्वासको दियो बाल्ने हामीले हिम्मत गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्