सडक खाल्डा खोज्दै विराटनगर महानगर, टाल्नका लागि एकमुष्ठ टेन्डर आह्वान गरिने

<span class='c1'>सडक खाल्डा खोज्दै विराटनगर महानगर, टाल्नका</span> <span class='c2'>लागि एकमुष्ठ टेन्डर आह्वान गरिने</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाको शहरी विकास तथा योजना महाशाखाले महानगरपालिका भित्रका सडकहरूमा भएका खाल्डाहरूका टाल्ने प्रक्रियाका लागि बोलपत्र आह्वान गर्ने भएको छ । यसका लागि अहिले सडकहरुमा कहाँ र कस्ता खाल्डा परेका छन् भनेर यकिन गर्ने काम भईरहेको दावी गरिएको छ ।

विराटनगर महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सडकमा कहाँ कस्ता खाल्डा छन् भन्ने कुरालाई यकिन गरेर एकै पटक टाल्ने योजनाका लागि बोलपत्र आह्वान गर्ने तयारी भईरहेको महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठले जानकारी दिए ।

विगतमा सडकहरूमा देखिएका समस्याहरूलाई सानातिना मर्मतद्वारा समाधान गर्ने प्रयास गरिदैं आएको थियो। तर, यस्ता प्रयासहरू अपर्याप्त साबित भएपछि महानगरपालिकाले ठूलो पैमानामा मर्मत कार्य गर्ने निणर्य गरेको हो । श्रेष्ठका अनुसार अलिअलि टालटुलले नहुने भएपछि यो निणर्य गरिएको छ ।

यो योजनामा विराटनगर महानगरपालिका क्षेत्रभित्रका सबै सडकहरूलाई समेट्ने लक्ष्य राखेको छ। टेन्डर प्रक्रियाबाट छनोट हुने निर्माण कम्पनीले शहरका विभिन्न भागमा रहेका सडकका खाल्डाहरू मर्मत गरेर टाल्नेछ । आवश्यकता अनुसार सडक सतह सुधार गर्ने काम गर्नेछ। महानगरपालिकाले पुष्पलाल चौकदेखि ठूलो मिलसम्म परेका सडकका खाल्डा टाल्नका लागि ठेक्का आह्वान गरिसकेको छ । त्यहाँका खाल्डा टाल्नका लागि सडक डिस्मेन्टल असार अगाडी नै गरेपनि हालसम्म मर्मतको काम गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्