चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

<span class='c1'>चार देशका राजदूतद्वारा</span> <span class='c2'>ओहोदाको प्रमाणपत्र पेश</span>

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदुत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदुत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदुत मार्जे लुपले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार समेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्