पैगम्बर मुहम्मद स.को जन्मउत्सवमा विराटनगरमा विविध कार्यक्रम

<span class='c1'>पैगम्बर मुहम्मद स.को जन्मउत्सवमा</span> <span class='c2'>विराटनगरमा विविध कार्यक्रम</span>

विराटनगर । विराटनगरमा रहेका मुस्लिम धर्मावलम्बीहरुले पैगम्बर मुहम्मद स को जन्मउत्सव विविध कार्यक्रम गरी मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको वृहत र्यालीले विराटनगरको नगरपरीक्रमा गरेको थियो ।

सोमबार विराटनगरको जामा मस्जिददेखि ट्राफिक चोक , महेन्द्र चोक हाइवे , भृकुटी चोक लगायातका विभिन्न ठाँउ ठाँउमा परिक्रमा गरेका छन । हजारौको संख्यामा सहभागी भएको रयालीमा मुस्लिम अगुवा , स्थानीय युवाहरु तथा महिला बालबालिकाहरुको सहभागीता रहेको थियो ।

इस्लामिक क्यालेण्डरको तेस्रो महिना वसल्लमको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि जन्मउत्सव शदियौ देखि मनाइउदै आईरहेका छन । नेपाल सरकारले भाद्र ३१ गते सोमबार (मोहम्मद डे) मुस्लिम धर्मालम्बीको १२ रब्बिअवलको अवसरमा सार्वजनिक विदा दिएको छ ।


सरकारले मुस्लिम समुदायहरुको पैगम्बर मोहम्मद स.वो.जन्म जयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गर्न नेपाल सरकारसाग माग गरेका छन् । विराटनगरको बजारमा निकालिएको रयालीमा विराटनगरका अन्य समुदायका युवाहरु पानी तथा सर्वतहरु वितरण समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्