जीर्ण भवन छोडेर भाडाको घरमा सर्दै मोरङ ट्राफिक

<span class='c1'>जीर्ण भवन छोडेर भाडाको</span> <span class='c2'>घरमा सर्दै मोरङ ट्राफिक</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको विराटनगर ट्राफिक चौकस्थित भवन जीर्ण भएपछि भाडामा भवनमा सरेको छ । बस्नै नहुने भवनमा जेनतेन ट्राफिक प्रशासन चलाउँदै आएपनि अति जीर्ण भएपछि भाडाको भवनमा सारिएको हो ।

विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा सार्ने काम धमाधम भईरहेको ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिनुभयो । भाडाको घरमा सोमबार नै पुजापाठ गराएर केहि सामान भित्र्याइएको छ, प्रहरी निरीक्षक लम्सालले भन्नुभयो–अबका दुई दिनसम्म सबै सामान ओसारेर प्रशासनिक काम सुरु हुनेछ ।

ट्राफिक चौकमा आफ्नै तीनतले भवन छ । तर, वर्षात्मा पानी चुहिने र हिउँदमा सीत रसाएर ओछ्यानमा तप्पतप्प झर्ने गरेको थियो । भूकम्पीय उच्च जोखिमयुक्त भवनमा बसिरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले समेत यस विषयमा चासो राखेपछि भाडाको भवनमा सारिएको हो ।

प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयमा नयाँ भवनको लागि दुईवर्ष अगाडी नै बजेट माग गर्दै फायल पेस गरिएको थियो । यद्यपी बहुवर्षे योजना अन्तर्गतको योजनामा राखिएपनि निर्माणको प्रक्रिया बढ्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्