गाँजा बोकेका दुईवटा कारसहित चारजना विराटनगरबाट पक्राउ

<span class='c1'>गाँजा बोकेका दुईवटा कारसहित</span> <span class='c2'>चारजना विराटनगरबाट पक्राउ</span>

विराटनगर । विराटनगरबाट प्रहरीले गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती लागुऔषध नियन्त्रण ब्यूरो कोशी प्रदेश प्रहरी कार्यालयको टोलि र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलिले जेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालमार्फत प्रेषित सुचना अनुसार विराटनगर १५ र १७ मा चेकजाँच गर्ने क्रममा दुईवटा कारमा गाँजा बरामद भएको थियो ।

विशेष सुचनाका आधारमा सोमबार बिहान विराटनगर–१७ मा बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा पछाडी पट्टी ४३ किलोग्राम गाँजा बरामद भएको थियो । कारमा रहेका विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र विराटनगर–१३ का २२ वर्षीय रोजेश परियारलाई नियन्त्रणमा लिइएको थियो ।

यसैगरी सोमबार राती ८ बजे विराटनगर–१७ मण्ठा पोखरीस्थितमा को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा १४६ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि चालक सुनसरी धरान–१७ का ४५ वर्षीय सुक्षिम राई र धरान–११ का ४६ वर्षीय देवराज राईलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अगाडी बढाएको जानकारी दिइएको छ । यस अगाडी समेत विराटनगरबाट बारम्बार गाँजा बरामद हुँदै आएको छ । गाँजा ओसारपसारको ट्रान्जिट जस्तै हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्