विराटनगरका नालामा फोहोर मिसाउनेमाथि ५० वटा कारबाही, एक लाख ५२ हजार जरिवाना असुल

<span class='c1'>विराटनगरका नालामा फोहोर मिसाउनेमाथि ५० वटा कारबाही,</span> <span class='c2'>एक लाख ५२ हजार जरिवाना असुल</span>

इशु पन्त
विराटनगर । घरको ढल, हज तथा फोहोरमैला नालामा मिसाएको सूचनाका आधारमा विराटनगर महानगरपालिकाले एकवर्षमा ५० वटा कारवाही चलाएको छ । महानगरपालिकाको सरसफाई शाखाले नियमित अनुगमनका क्रममा फोहोरमैला नालामा मिसाउने संस्था तथा व्यक्तिमाथि कारवाही चलाएको हो ।

आर्थिक वर्ष २०८०/२०८१ मा महानगरपालिकामा प्राप्त सूचनाका आधारमा बढी अनुगमन गरिएको थियो । सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार नागरिकले नै पठाएको भिडियो, फोटो, अडियो र लिखित सूचना पठाएका आधारमा स्थलगल अनुगमन गरिने गरिएको छ । जसमा कैफियत यकिन भएमा कारवाहीस्वरुप जरिवाना भराउने र त्यसपछि पुनः नदोहो¥याउन आग्रह गरिने गरिएको छ ।

दाहालका अनुसार दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म अनिवार्य रुपमा अनुगमन हुँदै आएको छ । अनुगमन गरेर कैफियत यकिन गरेपछि १० बजेदेखि कारवाही प्रक्रिया बढाउने गरिएको छ । गत आइतबार मात्रै फोहोरमैला नालामा मिसाएको पुष्टि भएपछि पन्ध्र हजार रुपैया जरिवाना गरिएको दाहालले जानकारी दिए ।

गतवर्ष ५० वटा कारवाहीमा एकलाख ३९ हजार ४२५ जरिवाना भराइएको थियो । सरसफाई शाखाका प्रमुख दाहालका अनुसार फ्रेस हाउसमा पशु बधपछि त्यसका रौं तथा लादी, पक्षींका पखेंटा तथा सुली र आन्द्रा जस्ता वस्तु नालामा मिसाउने, घरबाट निस्कने फोहोर, ढलको पानी मिसाउनेलाई फोहोरमैला व्यवस्थापन ऐन २०८४ अनुसार कारबाही गरिने छ । फोहोरको प्रकृति र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही रुवरुप गरिने जरिवाना भराईने छ ।

वातावरण संरक्षण गर्ने हरेक नगरवासीको दायित्व हुन्छ । वर्षातमा डेङ्गु संक्रमण फैलने सक्ने जोखिम आकंलन गरेर सरसफाई गरेको महानगरले नाला जाम हुने कुनैपनि प्रकारका वस्तु पाएमा कारबाही गर्ने जनाएको छ । दाहालले भने–सुटुक्क साँझ र बिहान भन्दै गरेपनि कुनै न कुनै स्रोत मार्फत निगरानी भईरहेको हुन्छ, थोरै मात्रै जानकारी आए तत्काल कारबाही गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्