विवादपछि विराटनगरमा खाना सडक महोत्सव हुने

<span class='c1'>विवादपछि विराटनगरमा खाना</span> <span class='c2'>सडक महोत्सव हुने</span>

विराटनगर । विराटनगरको हिमालय रोडमा खाना महोत्सव लगाउने या नलगाउने भन्ने विषयको विवाद टुङ्गिएको छ । केहीदिनदेखी स्थानिय व्यावसायी र मेला आयोजक समिति विच विवाद रहदै आएको थियो ।

लगाउन दिने बिषयमा उक्त क्षेत्रका व्यवसायी सहमत भएका छन् । विराटनगरको मञ्जिना मुभिज क्रिएशनले असोज १७ गतेदेखी २३ गतेसम्म हिमालय रोडमा विराट खाना सडक महोत्सव आयोजना गर्ने तयारी गर्दा स्थानीय व्यापारीहरुले विरोध जनाएपछि दुईपक्ष विच विवाद चलेको थियो । मेलाले व्यवसाय ठप्प हुने, आवत जावतमा असर पर्ने, मासुजन्य परिकारको गन्ध फैलिने हुँदा मेला अन्य स्थानमा सार्न माग गर्दै आएका थिए । त्यस ठाउँमा गएको बर्ष मेला लगाउँदा सौन्दर्यिकरणका निम्ति रोपिएका बिरुवा भाँच्चिएको,सरसफाइ र भत्किएका संरचना नबनाइएको कारणहरु उल्लेख गर्दै स्थानीयले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

महोत्सव आयोजक समितिले यसबर्ष पनि महोत्सव आयोजना गर्ने बिषयमा सूचना प्रवाह गरेयता सो बिषयमा व्यापारीहरुले विरोध शुरु गरेका थिए । यद्यपि आयोजक पक्षले विभिन्न प्रतिबद्धता जनाएपछि आफुहरु महोत्सव आयोजनागर्न दिने बिषयमा सहमत भएको स्थानीय व्यवसायी गंगाधर मैनालीले बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा दुवै पक्षले मेला लगाउन सहमति जुटेको बताएका थिए । सो बिषयमा जानकारी दिंदै मञ्जिना मुभिज क्रिएशनका अध्यक्ष जतिन ताम्राकारले व्यापारीहरुलाई समस्या नहुने किसिमले महोत्सव आयोजना गर्ने बिषयमा सहमति भएको बताए ।

यस पटकको सडक खाना महोत्सवमा विभिन्न समुदायका पारम्परिक खानाका २५ वटा स्टलहरु रहने आयोजक समितिले जनाएको छ । यस्का साथै दैनिक सांगितिक कार्यक्रमहरु समेत आयोजना गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्