मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने

<span class='c1'>मदन भण्डारी फाउन्डेसनले प्रदेश</span> <span class='c2'>स्तरीय कार्यशाला गोष्ठी गर्ने</span>

विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए ।

कञ्चनजंघा पार्टी प्यालेसमा असोज ४ र ५ गते हुने कार्यक्रममा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले जानकारी बताए।

प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई भव्य रुपमा सम्पन्न गर्न फाउन्डेसनका कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईको संयोजकत्वमा मूलसमारोह समिति बनाईएको छ । त्यसैगरी इरान राईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उषा झाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र सोमराज थापाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

प्रदेश स्तरीय कार्यशाला गोष्ठीको तयारी लगायतका विषयमा मदन भण्डारी फाउन्डेसन मोरङ जिल्ला समितिको बैठक बसेको छ ।

बैठकले गोष्ठीलाई भव्य बनाउनका लागि आवश्यक तयारी शुरु गरिसकेको जनाएको छ । फाउन्डेसन मोरङ अध्यक्ष तथा प्रदेश सांसद खड्गबहादुर बस्नेतले कार्यशाला गोष्ठी बारे १७ वटै स्थानीय तहसम्म सूचना पुग्नेगरि काम शुरु गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्