सोह्र श्राद्धदेखि नै कोशीमा चाडपर्व लक्षित सुरक्षा योजना

<span class='c1'>सोह्र श्राद्धदेखि नै कोशीमा</span> <span class='c2'>चाडपर्व लक्षित सुरक्षा योजना</span>

विराटनगर । कोशी प्रदेशमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले यसवर्ष सोह्रश्राद्ध लाग्दादेखि नै चाडपर्व सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाई मंगलबार निर्देशन दिएका छन् । चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै बिशेष सुरक्षा योजना अनुसार कुनै पनि आपराधका घटनाहरू हुन नपाउने गरी प्रहरी परिचालन गर्न जिल्लाका प्रमुखहरुलाई उनले निर्देशन दिएका हुन् ।

मंगलबा दिउँसो भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई समेत चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यमा जिम्मेवारी पूरा गर्ने योजना बनाउन भनेका छन् । चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसारपसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न भनिएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गर्न र ट्राफिक व्यवस्थापन मिलाउन उनले भनेका छन् ।

प्रहरीले आमनागरीकहरुलाई प्रदान गर्दै आएको प्रहरी सेवालाई प्रभावकारी बनाउदै सचेतना मुलक कार्यक्रमहरुलाई निरन्तररुपमा संचालन गर्ने तथा पेण्डिङ मुद्दाको फलोअप, फरार अपराधीहरूको खोजि कार्यलाई तिव्रता दिन भने पनि निर्देशनमा भनेका छन् ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल तथा सिनियर प्रहरी अधिकृतहरुको उपस्थितिमा उनले दिएको निर्देशन मातहतका जिल्लाहरुले कार्यन्वयन गर्नुपर्नेछ ।

तर, चाडपर्व लक्षित सुरक्षा योजनाका लागि उनले दिएको निर्देशन, यस अगाडी जिल्लामा भईरहेका गतिविधिले कार्यन्वयन हुनेमा आशंका जन्माएको छ । झापा, मोरङ र सुनसरीबाट दिनभर सुनसान र रातभर भईरहेको तस्करीको लाइन चलाउन सेटिङ भत्काउन नसकेपछि डिआईजी खापुङ आफ्नै टिममार्फत निगरानी गर्दै आएका छन् । केहिदिन अगाडी ग्रामथानको जुवा खालमा समेत प्रदेशको टोलि पठाएर उनले छापा हनाएका थिए । उर्लाबारीका अर्जुन तुम्रोकले सञ्चालन गरेको खालबाट उनी भने भागेका थिए । उनले प्रहरीलाई १५ लाख दिएर मोरङमा जुवा खाल सञ्चालन गर्दै आएका हुन् । तुम्रोकले जिल्लासम्म मिलाएपनि प्रदेशमा नमिल्दा खालमा छापा हानिएको स्वयम् जुवाडेहरु नै बताउँछन् ।

सीमा क्षेत्रबाट दिउँसै भईरहेको तस्करी रोकेर अहिले रातभर हुने गरेको छ । जहदा गाउँपालिका १ दुर्गामन्दिर, कुडरियाबाट अहिले पनि दैनिक ट्रकका ट्रक सामान भित्रने गरेको स्थानीयवासीले जानकारी दिएका छन् । त्यहाँबाट हुने तस्करीमा गज्जबको सेटिङ रहेको उनीहरुको भनाई छ ।
गाँजामा संलग्न कारोबारीले समेत पछिल्लो समय विराटनगरलाई ट्रान्जिट बनाउन थालेका छन् । डिआईजी खापुङ आएदेखि गाँजा नियन्त्रणमा उल्लेख्य सफलता पाएको देखिएको छ । तर, कतिपयले ठूला कारोबारी उम्कने गरेको आरोप लगाउने गरेका छन् । यी अराोपमा डिआईजी खापुङको पनि कतिपय स्वीकारोक्ति छ । उनले भने सीमा क्षेत्र सशस्त्र र भन्सारले नियन्त्रण गर्नुपर्ने बताए । नेपाल प्रहरी अन्य गतिविधिमा केन्द्रीत हुनुपर्ने भएकोले डेडिकेटेड फोर्सले त्यसको जिम्मेवारी पूरा गरिरहेको आफूलाई विश्वास रहेको उनी बताउँछन् ।

खुल्ला सीमानाका भएका कारण पनि पूर्ण रुपमा नाकाबाट हुने अवैध पैठारी रोकिनेमा आफू विश्वस्त नभएको उको भनाई छ । ‘हेर्नुहोस् न अपाङ्गता भएकाहरु विह्ल चेयर लिएर जोगबनी पुग्छन्, सामान लिएर आउँछन्, पक्राउ गर्दा के गरेको जस्तो देखिने’ डिआईजी खापुङले भने–सीमाबाट हुने तस्करी नियन्त्रणमा गर्न कठिन देखिरहेको छ । उनका अनुसार धनकुटा बाट जोगबनी आएर पाँच केजी चिनी बोक्नेहरु समेत भेटिएको देख्दा यो परम्परागत जस्तो बनिरहेको देखिन्छ । ‘भाडाले खर्च कहाँ पु¥यायो हिसाब हुन्न तर धनकुटाबाट आएकाहरु पाँच केजी चिनी लिएर फर्कन्छन्’ उनले नेपाल प्रहरीले सीमाबाट अवैध रुपमा प्रवेश पाएर बाटोमा भेटिएका वस्तु मात्रै नियन्त्रणमा लिने बताउँदै भने–भन्सार र सशस्त्रको सीमा सुरक्षा गस्तीको बलियो को–अर्डिनेशन गराउनुपरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्