उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक भण्डारी जापान प्रस्थान

<span class='c1'>उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी</span> <span class='c2'>निर्देशक भण्डारी जापान प्रस्थान</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारी मंगलबार जापान प्रस्थान गरेका छन् ।

१६ वटा देशका प्रतिनिधि सहभागी हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन निर्देशक भण्डारी मंगलबार साँझ जापान प्रस्थान गरेका हुन् ।

द एशोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिपको आयोजनामा हुन गइरहेको औद्योगिक सम्बन्ध र मानव स्रोत तथा व्यवस्थापन सम्बन्धी १५ दिने अन्तर्राष्ट्रिय सेमिनारका लागि उनी जापान गएको महासंघले जनाएको छ ।

भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एकमात्र प्रतिनिधिका रुपमा सेमिनारमा सहभागी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्