विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

<span class='c1'>विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक</span> <span class='c2'>विरुद्ध पक्राउ पुर्जी</span>

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले संलग्न भनेर देखिएकाहरु विरुद्ध पक्राउ पुर्जी लिइएको हो ।

अनुसन्धानका क्रममा संलग्न देखिएका विरुद्ध नै पक्राउ पुर्जी लिएर खोजतलास सुरु गरिएको उनले बताए । सहकारीका अध्यक्ष अमलेश कर्ण यस अगाडी नै पक्राउ परिसकेका छन् । उनी पक्राउ परेपछि अब सञ्चालक सञ्जय थापा, कोषाध्यक्ष राधादेवी लिम्बू र ब्यवस्थापक अमित कार्की बिरूद्ध पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास सुरु गरेको हो । थापा तरुण दलका नेता हुन् । उनी अहिले पनि विराटनगरमा खाईखेलो गरिरहेका छन् । पुरानो समितिले संस्था डुबाएको भनेर नयाँ समिति आएको थियो । पक्राउ परेका कर्णले नयाँ समितिमा आएकाहरुको समेत संलग्नतामा सहकारी डुबेको बताएपछि उनीहरु समेत मुछिएका छन् ।

प्रहरीले अहिलेका सञ्चालक उत्तम ढुंगेल, सनातन मण्डल, तीर्थप्रसाद यादव, श्याम कोइराला र लेखा समितिका पङ्कज बर्मा विरुद्ध पनि पक्राउ पुर्जी लिइएको छ । त्यहि सहकारीका सल्लाहाकार रहेकाहरुले बचतकर्तालाई आश्वस्त पार्ने उद्देश्यले पुरानो सञ्चालकको सम्पति रोक्का गराएका थिए । अनि सहकारी अझै सञ्चालनमा रहेको भन्दै विवादलाई साम्य पार्ने उद्देश्य राखेको खुलेको छ । एकजना बचतकर्ताका अनुसार पुरानो सञ्चालकका अध्यक्ष र नयाँ भनिएको सञ्चालकका अध्यक्षको सधैं उठबस मात्रै नभई नाराजुलुश र भ्रष्टचार विरुद्धका अभियानका अभियन्ता भएर हिड्ने गरेकोले संलग्नता रहेको अनुमान सबैले गरेकै छन् ।

बिगत १५ वर्षदेखि अध्यक्ष कर्ण, सचिव थापा र ब्यवस्थापक कार्की नै त्यहाँ हालिमुहाली गर्दै आएको देखिएको छ । कार्कीले सहकारीमा बचत भएको करिब ५ करोड रूपैयाँ आफ्नो निजी खातामा जम्मा गरेको छानविनबाट देखिएको हो । सहकारीको अझै चार करोड बजारमा रहेको भन्दै नयाँ सञ्चालक समितिले त्यसैलाई परिचालन गरेर सञ्चालन गर्ने तयारी गरेका थिए । तर, बचतकर्ताले नै नयाँ भनिएको समितिले पुरानो सञ्चालक समितिलाई ओत दिएर बचाउने उद्देश्य राखेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्