आसामबाट विराटनगरमा आँखा उपचार, त्यहि पनि बुबा हराएपछि खोज्दै छोरा

<span class='c1'>आसामबाट विराटनगरमा आँखा उपचार, त्यहि</span> <span class='c2'>पनि बुबा हराएपछि खोज्दै छोरा</span>

विराटनगर । विराटनगरका आँखा अस्पतालमा भारतबाट उपचार गराउन आएका एकजना नागरिक वेपत्ता भएका छन् । विराटनगर–१३ को गणपति गेष्ट हाउसबाट मंगलबार बिहानदेखि भारत आसाम घर भएका नागरिकले एकाएक वेपत्ता भएका हुन् ।

भारत आसाम राज्यको कामरुप जिल्ला घर भएका ५९ वर्षीय इल्साम उद्दीन अहमद छोरा रोफिक कुल इस्लामको साथमा विराटनगर आँखा अस्पतालमा उपचारका लागि आएका थिए । उपचार गराउन आएका बाबु छोरा आँखा अस्पताल नजिकै रहेको विराटनगर–१३ गणपती गेष्ट हाउसमा बसेका थिए । तर, अचानक मंगलबार बिहानदेखि उनी वेपत्ता भएका हुन् ।

छोरा रोफिकका अनुसार मंगलबार बिहान ३ बजेसम्म बुबा कोठामै थिए । त्यसपछि बाहिर निस्के जस्तो लागेको थियो । बुबा मर्निङ्गवाक निस्केको ठानेपनि धेरैबेरसम्म नआएपछि उनी अत्तालिएका थिए । त्यसपछि मंगलबार दिनभर विराटनगरमा खोजतलास गर्दा समेत फेला पार्न नसकिएको उनले बताए । बुधबार जिल्ला प्रहरी कार्यालयमा हराएका बुबा खोजी दिन निवेदन दिएका छन् ।

बुबा आसाममा सरकारी विद्यालयका शिक्षक रहेको छोराको दावी छ । लेखपढ गर्न नजान्ने व्यक्ति नभएपनि अहिलेसम्म कतै अलमलमा परेर बस्न नपर्ने उनको भनाई छ । हराएका आफ्ना बुबाले सेतो लुङ्गी र माथि रातो गाम्छा मात्रै बेरेको उनको भनाई छ । किनकी उनी सुतिरहेको ओछ्यानबाट बाहिर निस्केपछि हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्