विराटनगरको एभरेष्टमा कविता प्रतियोगिता, खिलराज ढकाल प्रथम

<span class='c1'>विराटनगरको एभरेष्टमा कविता प्रतियोगिता,</span> <span class='c2'>खिलराज ढकाल प्रथम</span>

विराटनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ११ र १२ का १८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितामा खिलराज ढकाल प्रथम भएका छन् ।

प्रतियोगितामा ३ जना विद्यार्थीले अंग्रेजी भाषाको कविता वाचन गरे भने १५ जनाले नेपाली भाषाको कविता वाचन गरेका थिए । ति मध्ये ‘निरास नहुनु है बा’ भन्ने कविता वाचन गर्दै कक्षा १२ का खिलराज ढकाल प्रथम, ‘को हुँ म’ शिर्षकको कबिता वाचन गर्दै कक्षा ११ की इश्लेना पराजुली द्वितिय र ‘माई इनर माइन्ड’ शिर्षकको कविता वाचन गर्नुभएका कक्षा १२ का कौस्तुब निरौला तृतिय भएका हुन् । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने विद्यालयका भाईस प्रिन्सिपल टीएन भण्डारीले जानकारी दिएका छन् ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शिक्षा दिवसका अवसरमा सबै विद्यार्थीले आफुले सोचे जस्तो शिक्षा लिन सकुन् भन्ने शुभकामना ब्यक्त गरेका थिए । व्यक्तिको विकास र सक्षम जनशक्ति उत्पादनमा दिवसले सार्थकता पाओस भन्ने कामना पुरीको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्