विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग

<span class='c1'>विराटनगरको सडक सौन्दर्यकरणका लागि</span> <span class='c2'>स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ ।

बैंकले बुधबार महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगेर बैंककी प्रदेश प्रमुख शर्मिला हुमागाईसहितको टोलीले कार्यबाहक मेयर कार्कीलाई चेक हस्तान्तरण गरेको हो । वडा नम्बर १ का अध्यक्ष काजी बहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालसमेतको उपस्थितिमा बैंकले महानगरको सडक सौन्दर्यकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको थियो । हालसम्म १८ लाख ४० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि १० वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १६ लाख ४० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ४४ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पुर्‍याइरहेका छन् ।

सो सडकको सौन्दर्यकरणका लागि सहयोग संकलन गर्न महानगरले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया अघि बढाएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाइसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका दाहालले जानकारी दिनुभयो । अब बरगाछी–महेन्द्रचोकका केही डिभाइडरमा मात्रै फूल रोप्न बाँकी छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहीबार बाँकी रहेका डिभाइडरमा पनि फूल रोप्ने कार्यक्रम राखिएको उनले बताए ।

मेयर कोइरालाले विराटनगर बनाउने सबैको दायित्व भएको उल्लेख गरे । महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताए । ४ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ५६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहनुभएका दाहालले जानकारी दिए । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ४० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ४० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको दाहालले बताए । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ । सडक सौन्दर्यकरणका लागि रकम हस्तान्तरण गरेकोमा बैंकलाई कार्यबाहक मेयर कार्कीले धन्यवाद दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्