संविधानलाई थप परिस्कृत बनाउँदै जनताको अवस्था बदल्न लाग्नुपर्छ : अध्यक्ष प्रचण्ड

<span class='c1'>संविधानलाई थप परिस्कृत बनाउँदै जनताको अवस्था</span> <span class='c2'>बदल्न लाग्नुपर्छ : अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले संविधानले राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो’, शुभकामना सन्देशमा भनिएको छ । संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ । संविधानप्रदत्त अधिकार सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको बताएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्