विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह

<span class='c1'>विराटनगरमा संविधान दिवसको</span> <span class='c2'>अवसरमा उत्साहप्रद समारोह</span>

विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल्छा मोड भएर आदर्श माविमा पुगेको थियो ।

आदर्श माविमा औपचारिक समारोह आयोजना गरेर संविधान दिवसको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । प्रभातफेरीमा १५ वटा जातजातिका झाँकी सहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि, कोशी प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । यो पटक नागरिक तहबाट समेत उपस्थिति रहेको थियो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई तीनवटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गरेको थियो । संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र सो अवसरमा प्रदान गरियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यन्वयनको महत्वपूर्ण अंग भनेकै प्रदेश तह भएको बताएका थिए ।

उनले माथिल्लो तह संघ र तल्लो स्थानीय तहसँगको अधिकार बाँडफाँड भए अहिलेको समस्या समाधान हुने दावी गरेका थिए । संविधानले दिएको अधिकार सूचीलाई कार्यन्वयन गराउनु नै यसको मर्मलाई पालना गर्नु हो भन्दै उलने संघमा रहेका अधिकार हस्तान्तरण हुनुपर्ने माग गरेका थिए ।

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरूप प्रदेश सरकार अघि बढिरेहको बताए । उनले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि आजकै दिन ९ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको स्मरण गरे ।
कार्यक्रमका कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरु, उच्च अदालत विराटनगरका मुख्य न्यायधीस रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मा लगायत उच्च पदस्थ निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्