पर्वतीय उडान सकेर काठमाडौंको स्काइवाक आइपुगे ‘डली चायवाला’

<span class='c1'>पर्वतीय उडान सकेर काठमाडौंको</span> <span class='c2'>स्काइवाक आइपुगे ‘डली चायवाला’</span>

काठमाडौं । भारतका चर्चित व्यक्ति ‘डली चायवाला’ काठमाडौंको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक आइपुगेका छन् ।

बिहिबार उनलाई स्काईवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो । उनी एक साता नेपालमा रहने जनाइएको छ ।

डली चायवाला भारतको विभिन्न शहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण चर्चित छन् । उनी आफ्नो व्यवसाय मात्र नभई सामाजिक सञ्जालमा पनि अत्यन्तै लोकप्रिय छन् । उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए ।

उनले बिहीबार बिहान पर्वतीय उडान पनि भरेका थिए । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशंकर हिमश्रृंखलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्