धरहरा खुला गरिएपछि सर्वसाधारणको भीड

<span class='c1'>धरहरा खुला गरिएपछि</span> <span class='c2'>सर्वसाधारणको भीड</span>

काठमाडौं । सर्वसाधारणको लागि आज(बिहीबार)देखि धरहरा खुला गरिएको छ ।

बिहीबार संविधान दिवसको अवसर पारेर शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो ।

धरहरा सरकारले गठन आदेश नबनाउञ्जेलसम्म भने निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएको छ । बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लागेको छ ।

हरेक दिन बिहान साढे १० देखि दिउँसो साढे ४ बजेसम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन्।

त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ । धरहरा चढ्न अघिल्लो दिन नै बुकिङ गर्नुपर्नेछ । तर अनलाइन बुकिङ सुरु नहुँदासम्म कुपनमार्फत धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

परिवारमा आमा–बुबा, छोरा–छोरीसहित चार जनासम्मले एकै पटकमा अनलाइन बुकिङ गर्न सक्नेछन् । धरहरा डटकम डट जिओभी डट एनपी नामक वेबसाइटमार्फत बुकिङ गर्न सकिन्छ ।

सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । वि.सं. २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउछु’भन्ने अभियान सुरु गरिएको थियो ।

वि.सं. २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । वि.सं. २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्