संविधान दिवसमा विराटनगर महानगरद्वारा वृक्षारोपण

<span class='c1'>संविधान दिवसमा विराटनगर</span> <span class='c2'>महानगरद्वारा वृक्षारोपण</span>

विराटनगर । संविधान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित बरगाछी-रानी सडक सौन्दर्यकरणलाई सफल पार्न महानगरले वृक्षारोपण गरेको हो । महानगरले शनिमन्दिर उत्तरका डिभाइडर (मेडियम)मा विभिन्न जातका विरुवा रोपेको हो ।

महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरी प्रमुख राजन पौडेल, बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका संयोजक वेनिगोपाल मुन्दडालगायतले वृक्षारोपण गर्नुभएको थियो । उपमेयर कार्कीले विराटनगरमा पछिल्लो समय स्वतस्फुर्त वृक्षारोपणको अभियान चलिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई हरियाली बनाउन सकिने बताउनुभयो ।

विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु सहयोगमा महानगरले बरगाछी-रानी सडक सौन्दर्यकरण जारी रहेको छ । हालसम्म महेन्द्रचोकदेखि बरगाछीसम्मका सबै डिभाइडरमा तारजाली लगाउने र विरुवा रोप्ने कार्य सकिएको छ । बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । हालसम्म ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले १८ हजार ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा गराइसकेका छन् ।

प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । ५ किलोमिटर लम्बाई रहेको बरगाछी-रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्