विराटनगरमा ‘लघुवित्त संरक्षणको नारा’

<span class='c1'>विराटनगरमा ‘लघुवित्त</span> <span class='c2'>संरक्षणको नारा’</span>

विराटनगर । संविधान दिवसकाे अवसरमा आयाेजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले लघुवित्त संरक्षणको आवाज उठाएका छन् । लघुवित्त वित्तीय संस्था विरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा आयाेजित प्रभातफेरीमा संरक्षणका लागि आवाज उठाएका हुन् ।

९ औं संविधान दिवसको दिन बिहीबार बिहान विराटनगरमा निकालिएको प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्टलगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरतासहित लघुवित्त संरक्षण गर्न माग गरे ।

लघुवित्त सदस्यले ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्तलाई संरक्षण गर, लघुवित्त माथिको राजनीतिक हस्तक्षेप बन्द गरलगायतको प्ले कार्डसहित प्रभातफेरीमा सहभागी भएका थिए । लघुवित्तमाथि भइरहेको अनावश्यक हस्तक्षेप रोक्नका लागि आग्रहसहित विभिन्न लघुवित्तका सदस्यले प्रभातफेरीमा सहभागिता जनाएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रवक्ता सुदीप मण्डलले जानकारी दिए ।

संविधान दिवसमा विराटनगरको आदर्श स्कुलबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोकबाट मेनरोड हुँदै गोल्छा चोकबाट पून आदर्श स्कुलमा नै पुगेर समापन भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजनामा भएको प्रभातफेरीमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी,सदस्य, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रभातफेरी पछिको औपचारिक समारोहमा संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीयता कार्यन्वयनको महत्वपूर्ण अंग प्रदेश भएको बताए । तीन तहको अधिकार बाँडफाँड नहुँदा समस्या प्रदेशले भोगिरहेको उनको भनाइ थियो । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्