पथप्रदर्शक र सहयोगीलाई वातावरणीय अपराध रोकथाम सचेतना

<span class='c1'>पथप्रदर्शक र सहयोगीलाई वातावरणीय</span> <span class='c2'>अपराध रोकथाम सचेतना</span>

गण्डकी । पोखरामा पदयात्रा क्षेत्रमा कार्यरत पथप्रदर्शक तथा सहयोगीलाई दिगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना तालिम दिइएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना एवं युएसएआडी र टान केन्द्रसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

तालिममा पदयात्रा क्षेत्रमा क्रियाशील एक सयभन्दा बढी पदप्रदर्शक तथा सहयोगी रहेका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । दिगो पर्यटन विकासका लागि प्रकृतिको संरक्षण जरुरी रहेको उल्लेख गर्दै उनले सचेतनाबाट पथप्रदर्शक तथा सहयोगीमा पदयात्रा पर्यटनमा वातावरण संरक्षणको महत्वसँगै यसले दीर्घकालीन रुपमा पार्ने प्रभावलगायत महत्वपूर्ण ज्ञान हासिल भएको बताए ।

कार्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले पर्यटन नीति ल्याउने तयारी गरेको जानकारी दिए । पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा यसको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पदमार्गहरू छोटिँदै गएका अवस्थालाई दृष्टिगत गरी नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

टान केन्द्रका महासचिव सोनाम ग्याजिङ शेर्पाले २९ दिन समयावधिको अन्नपूर्ण चक्रीय पदमार्ग ११ देखि १५ दिनमा छोटिएको भन्दै पदमार्गहरू छोटिदै जानु चुनौती बनेको बताए।

पदयात्रासँग संस्कृति र जनजातिसँगका कार्यक्रमलाई जोड्नु आवश्यक भएको उनले बताए । टान गण्डकीका सल्लाहकार एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदी, सचिव गोपालकृष्ण सङ्ग्रौला, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल, युएसएआइडीका मोहनबहादुर विक, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, प्रशिक्षार्थी कमल कार्कीलगायतले पदयात्रा पर्यटनलाई दिगो रुपमा अघि बढाउन वातावरण संरक्षण जरुरी रहेको धारणा राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्