१२ फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार

<span class='c1'>१२ फिल्मकर्मीलाई सांस्कृतिक</span> <span class='c2'>रुपान्तरण पुरस्कार</span>

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’का ५ जना,७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१’ प्रदान गरेको छ ।

शुक्रबार संविधान जारी भएको नौं वर्ष पूरा भएको अवसरमा बोर्डले कार्यक्रमको आयोजना गरी मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ जना सर्जक, ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुने फिल्म ‘बलिदान’का स्रष्टाहरुमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई रहेका छन् भने ,अन्य फिल्मकर्मीमा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान तथा पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्