विराटनगर महानगरद्वारा स्वरोजगारमूलक विभिन्न तालिम सञ्चालन गर्दै

<span class='c1'>विराटनगर महानगरद्वारा स्वरोजगारमूलक विभिन्न</span> <span class='c2'>तालिम सञ्चालन गर्दै</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीलाई बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अघि सारेको छ ।

महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई-रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि महानगरले हालै सूचना जारी गरेको छ । महानगर र स्वीस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा बेरोजगार युवाहरुलाई सीप तथा क्षमता विकासको तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

ई-रिक्सा मर्मत तालिमका लागि ४० र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि ४० जनाको कोटा तोकिएको छ । तालिमका लागि विराटनगर महानगरमा स्थायी बसोबास गरेको व्यक्तिलाई पहिलो प्राथमिकता राखिने मेयर नागेश कोइरालाले बताउनुभयो । ‘हातमा सीप भएमा जहाँसुकै पनि काम पाउन सकिन्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘सीप भएमा जागिर खानैपर्छ भन्ने छैन । आफै स्वरोजगार पनि हुन सकिन्छ । महानगरको उद्देश्य पनि युवाहरुलाई स्वरोजगार बनाउने रहेको छ ।’ मेयर कोइरालाले जागिर खानका लागि डिग्रीको सर्टिफिकेट र हातमा सीप हुनुपर्नेमा जोड दिनुभयो । युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न योजना अघि सारेको उहाँको भनाइ थियो ।

ई-रिक्सा तालिमका लागि कम्तीमा ८ कक्षा पास गरेको र गार्मेन्ट फेब्रिकेटरका लागि सामान्य सिलाई कटाईको अनुभव भएको हुनुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराुजलीले जानकारी दिनुभयो । पराजुलीले आवश्यक कागजातका साथ आवेदन फारम भर्न आग्रह समेत गर्नुभयो । महानगरले यसअघि पञ्चेबाजा, सिलाईबुनाई, अगरबत्तीलगायत विभिन्न तालिम सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्