४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

<span class='c1'>४५ दिनपछि ‘दलितलाई खै</span> <span class='c2'>?’ आन्दोलन स्थगित</span>

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानको नेल लगाएर प्रदर्शन गरेको ४५ दिन पूरा भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन् ।

संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने बताए । उनले भने, ‘६ महिना पछाडि फेरी यहीँ ठाउँबाट की वार, की पार हुनेगरी तयारीका साथ काठमाडौं आउनेछौं । केही समयका लागि कार्यक्रमहरु स्थगित भएको जानकारी पत्रकार सम्मेलनबाटै गराएँ । सरकारको उधारे सम्झौता भन्दा जनताको आन्दोलन मजबुत बनाउनुपर्छ भन्ने हाम्रो ध्यान छ र लक्ष्य छ ।’

दलितका लागि दलित अभियानका संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन गर्दै आएका थिए। पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्