विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन

<span class='c1'>विराटनगरमा आज डेन्टल</span> <span class='c2'>चिकित्सकको राष्ट्रिय सम्मेलन</span>

विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ।

विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा प्रि–कन्फर्म कार्यशाला समेत सम्पन्न गरेको छ । कार्यशालामा ७५ जना चिकित्सकहरूको सहभागिता रहेको थियो ।

नेपाल डेन्टल एशोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताले सम्मेलनमा देशभरबाट चार सय जना दन्त चिकित्सकहरूको सहभागिता रहने जानकारी दिए । उनले सम्मेलनमा १६ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूले दन्तरोगको उपचार र सेवाको बारेमा आ–आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ ।

सम्मेलन सम्पन्न गर्न मोरङ शाखाका अध्यक्ष डा. पवन मेहताको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समितिले तयारी गरिरहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघ मोरङका पूर्व अध्यक्ष एवं दन्त चिकित्सक डा. फरवार्ड सिलवालले दन्त चिकित्साको क्षेत्रमा भित्रिएका नविनतम् उपकरणको बारेमा ३० वटा कम्पनीहरूले जानकारी प्रदान गर्ने बताए ।

सम्मेलनमा दाँत र त्यससम्बन्धी रोगका बारेमा भइरहेका अध्ययन तथा अन्वेषणका बारेमा चिकित्सकहरु बीच छलफल हुने पनि जनाइएको छ ।

नेपाल दन्त चिकित्सक संघका केन्द्रीय अध्यक्ष प्रणयरत्न शाक्यले दाँतको उपचारमा ढिलाई गर्न नहुने विषयलाई सम्मेलनमा मुख्य विषयका रुपमा बहस हुने जानकारी दिए । उक्त सम्मेलनको उद्‌घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्