रवि लामिछाने अदालतको कठघरामा उभिनेछन् : भीमसेन दास प्रधान

<span class='c1'>रवि लामिछाने अदालतको कठघरामा उभिनेछन्</span> <span class='c2'>: भीमसेन दास प्रधान</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकाले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रडको संज्ञा दिए ।

शनिबार काठमाडौंमा आयोजना गरिएको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरणपनि खत्तम रहेको टिप्पणी गरे ।

उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’सहकारी ठगी सम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै अब रविका पक्षधरले वकालत गर्न जरूरी नभएको उनको भनाई छ।

उनले भने,‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । अनिमात्रै छानबिन समिति बन्यो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिवेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो । एमाले र माओवादीको सरकार थियो। त्यो सरकारले डिफेन्स गर्ला भनेको थिएँ । सूर्य थापा त त्यतिवेला रवि लामिछानेको वकालत गर्ने मान्छे । ठीक ढंगले रिपोर्ट आउँदैन भन्ने थियो । पार्लियामेन्टमा रवि लामिछानेको पक्षमा उसले ठगी र भ्रष्टाचार गरेको छैन भनेर एमालेका सांसदहरुले नै धेरै बोलेका थिए । पछि कांग्रेस र एमालेको सरकार बन्यो । अहिले प्रतिवेदन आईसकेको छ, अब घामजस्तै छर्लङ भइसकेको छ । रिपोर्टको चार नम्बर बुँदामा समितिले रवि लामिछानेलाई कारबाहीको सिफारिश गरेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए ।
उनले भने,‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरु भइसक्यो । जहाँसम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ । अदालतले गर्ने हो–फैसला । आँफैले क्लिनचिट भन्ने होइन । हाम्रै पार्टीका साथीहरु पनि अदालतकै कारण जेल गएका छन् । अख्तियारको विल हामीले ल्याएका हौं। गृहमन्त्री खुमबहादुर खड्काको पालामा अख्तियार गठन भयो। पहिले जेल खुमबहादुर खड्का नै गए । त्यही हो डेमोक्रेसीको व्युटी भनेको ।’
उनले भ्रष्टाचारसम्बन्धी पाँच वर्षे हदम्याद खराब नियतले आएको भएपनि जनदबाबको कारण हटाईएको स्पष्ट पारे । उनले भने,‘त्यो पाँच वर्षे हदम्याद खराब नियतका साथ आएको थियो । तर, जनदबाब, खासगरी मिडिया र मानवअधिकारको दबाबको कारण हटाएको हो । बाध्य भएर केपी ओलीले हटाएको हो।’

पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्