मदन भण्डारी फाउण्डेसनको कामप्रति पूर्वराष्ट्रपति भण्डारी खुशी

<span class='c1'>मदन भण्डारी फाउण्डेसनको कामप्रति</span> <span class='c2'>पूर्वराष्ट्रपति भण्डारी खुशी</span>

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसनले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको बताएकी छन् ।

२५ औँ मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखी लगातार अहिलेसम्म महत्वपूर्ण क्षेत्र शिक्षामा बढि योगदान पुर्याएको बताएकी हुन् ।

उनले भनिन्, ‘मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि सक्रिय रुपमा चलिरहेको छ । यसले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको छ । राष्ट्रिय जिवनका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरु गरिरहेको छ । महत्वपूर्ण क्षेत्र शिक्षा, स्वास्थ्यमा बढि योगदान पुर्याएको छ । कला साहित्यको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय भावना, सामाजिक सद्भाव , एकता, सहिष्णुता अभिवृद्धि गरेर राष्ट्रिय एकतालाई मजबुत बनाएको बताइन् । उनले थोरै स्रोत साधनमा पनि यस्तो काम गर्नु एउटा संर्घषशिल भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्