बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

<span class='c1'>बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा</span> <span class='c2'>दुई जना घाइते</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो।

कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको एक पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेका अन्दाजी २२-२३ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको बताइएको छ। उनको नाम र ठेगाना खुल्न सकेको छैन।

मोटरसाइकल चालक ग्रामथान गाउँपालिका-४ का १८ वर्षीय अक्षत माझीको टाउको, हात, खुट्टा र अनुहारमा चोट लागेको छ। उनको अवस्था भने सामान्य रहेको जनाइएको छ।

दुवै घाइतेलाई उपचारका लागि विराट टिचिङ अस्पताल गंगाचोक पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्