अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि

<span class='c1'>अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन</span> <span class='c2'>असोज १० गतेदेखि</span>

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मलेन असोज १० गतेदेखि १४ गतेसम्म हुने भएको छ ।

यसअघि सम्मेलन असोज २ देखि ५ गते सम्मको लागि तोकिएको थियो । तर तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको जनाइएको छ ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।
सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्