विराटनगरका विभिन्न चौकमा ट्राफिक लाइट, पालना गर्न जान्दैन्न सिटी चालक

<span class='c1'>विराटनगरका विभिन्न चौकमा ट्राफिक लाइट,</span> <span class='c2'>पालना गर्न जान्दैन्न सिटी चालक</span>

इन्दु साह
विराटनगर । विराटनगरमा सवारी आवागमनलाई सहज बनाउने उद्देश्यलेृ विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान भईरहेको छ ।

यद्यपि यो नयाँ व्यवस्थाले केही चालकहरूलाई चुनौती दिइरहेको छ । जसले ट्राफिक लाइटको महत्व र प्रयोगबारे जनचेतना बढाउनुपर्ने आवश्यकता देखाएको छ। ५२ वर्षिया चालक स्थानीय बासिन्दा इन्दिरा भट्टराईका अनुसार शिक्षित व्यक्तिहरू पनि ट्राफिक लाइटको पालना गर्न जानिरहेका छैनन्। विशेषगरी सिटी सफारी चालकहरूलाई यसबारे थप जानकारी आवश्यक छ। उनले भनिन् ट्राफिक लाइट जडानले विराटनगरको सवारी चापलाई केही हदसम्म व्यवस्थित बनाएको छ।

चार वर्षदेखि सिटी सफारी चलाउँदै आएका रामानन्द राजवंशीले आफ्नो अनुभव साझा गर्दै भने रातो र हरियो बत्तीको अर्थ बारे त जानकारी छ तर विभिन्न दिशाहरूमा अझै अन्यौलता छ। यस्तै २२ वर्षीय एलन राउतले भने अहिले त ट्राफिक लाइटको पालना बारे पूर्ण जानकारी छैन तर बिस्तारै सिक्दै जानेछु ।
केही चालकहरूले भने ट्राफिक लाइटको महत्व बुझेको र यसको पालना गरिरहेको बताए। मोटरसाइकल चालक निरज कर्ण र तीर्थराज घिमिरेले ट्राफिक लाइट र दिशा निर्देशनहरू बारे राम्रो जानकारी भएको बताए। कार चालक सरोज श्रेष्ठले भने विशेषगरी सिटी सफारी चालकहरूलाई ट्राफिक लाइटको पालना गर्न कठिनाई भइरहेको बताए। यसले गर्दा कहिलेकाहीँ यातायातमा अवरोध सिर्जना हुने गरेको उनको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सरोज लम्सालका अनुसार विराटनगरका सवारी चालकहरूलाई ट्राफिक लाइट, सवारी दुर्घटना, ट्राफिक नियम, र वन–वे सम्बन्धी विषयमा भिडियो र अडियो मार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन् । ट्राफिक प्रहरीका अनुसार चालक अनुमतिपत्र लिँदा ट्राफिक लाइट सम्बन्धी प्रश्नहरू सोधिन्छन्। तर, अनुमतिपत्र नभएका चालकहरूलाई यसबारे जानकारी नहुने समस्या रहेको छ। यसले गर्दा विशेषगरी सिटी सफारी चालकहरूलाई ट्राफिक लाइटको पालना गर्न कठिनाई भइरहेको देखिन्छ। विराटनगरमा ट्राफिक लाइट जडान गरिएपछि यसको पालना गराउँदै सवारी आवागमनलाई सहज बनाउन चुनौती रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्