हिमालय दर्शन कलेजका विद्यार्थीलाई पोखरामा अभिमुखिकरण

<span class='c1'>हिमालय दर्शन कलेजका</span> <span class='c2'>विद्यार्थीलाई पोखरामा अभिमुखिकरण</span>

विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरुलाई पर्यटकिय स्थल पोखरामा लगेर अभिमुखिकरण कार्यक्रम गराएको छ । कलेजमा २०८१ सालको शैशिक सत्रमा भर्ना भएका विएचएम, विआइएम, विसिए, विएससी.सिएसआइटि संकायमा भर्ना भएका विद्यार्थीहरुलाई पोखराको टुकी रिर्सोटमा लगेर अभिमुखिकरण सँगै पर्यटिय स्थलहरुको अध्ययन तथा अवलोकन समेत गराइएको थियो ।

कार्यक्रममा कलेजका अध्यक्ष पि.के झाले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको उद्देश्य र शिक्षण प्रणालीको बारेमा जानकारी समेत गराउनुभएको थियो । कलेजको शैक्षिक वातावरण र उपलब्ध अवसरहरूको चर्चा गर्दै विद्यार्थीहरुमा सिर्जनात्मक र रचनात्मक ढंगबाट पढाईमा लगाव लगाएर अगाडी बढ्न समेत शुभकामना दिनुभयो ।

कलेजका डाईरेक्टर भेषराज पोखरेलले आर्कषक ढंगबाट संचालन गर्नुभएको कार्यक्रममा कलेजका डाईरेक्टरद्वय ज्ञान बहादुर खड्का, शैलेन्द्र शिवाकोटीले विश्वविद्यालयको शैक्षिक परार्मशसँगै विद्यार्थीलाई आचारसंहिता र नैतिक आचरणबारे जानकारी समेत गराउनुभएको थियो । कार्यक्रममा कलेजका डाईरेक्टर खड्काले भर्ना भएका विद्यार्थीहरुलाई ४ बर्षसम्म पढाईमा मेहनत गरेर भोलीको दिनमा हिमालय दर्शन कलेजको नाम उच्च राख्न आग्रह गर्दै भविष्यको सफलताको शुभकामना समेत दिनुभयो ।

कलेजमा नयाँ भर्ना भएका डेढ सय भन्दा बढी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिती पोखरा विश्वविद्यालय कम्प्युटर ईन्जिनिरिङ्ग कार्यक्रमका संयोजक सह-प्राध्यापक हेमचन्द्र चौलागाइँ र कलेजका अध्यक्ष पिके झाले खदा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । विद्यार्थीहरुलाई मल्टिनेशनल कम्पनी सोल्टी होटलका लनिङ एण्ड डेप्लप्मेन्ट डाईरेक्टर रुपेश श्रेष्ठले नेतृत्व तथा क्षमता अभिवृद्धी सम्बन्धी शिप र विकासका विभिन्न उत्प्रेरणदायक खेलको माध्ययमबाट विद्यार्थीहरुलाई प्रशिक्षण समेत गराउनुभएको थियो । विद्यार्थीहरुलाई पोखराको विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरुको अध्ययन तथा अवलोकन समेत गराइएको कजेजका व्यावस्थापन बिभाग प्रमुख भुपाल मिश्रले जानकारी दिनुभयो ।

यस्ता खालका कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको समुदायमा समाहित हुन मद्दत पुर्याउनुका साथ शैक्षिक प्रगतिमा उत्कृष्टता हासिल होस भनेर पुर्व तयारीबारे जानकारी गराउनका कोशी प्रदेशबाट गण्डकी प्रदेशको पर्यटकिय स्थलमा विद्यार्थीलाई सामेल गराएको कलेजका डाईरेक्टर भेषराज पोखरेलले जानकारी दिनुभयो । हिमालय दर्शन कलेजले आफ्नो शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको समग्र विकासमा निरन्तर ध्यान दिने प्रतिबद्धता समेत जनाएर अगाडी बढ्दै गएको कलेजले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्