देशका विद्यमान समस्या हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ : महामन्त्री थापा

<span class='c1'>देशका विद्यमान समस्या हल गर्ने सबैभन्दा ठूलो</span> <span class='c2'>जिम्मेवारी कांग्रेसले लिनुपर्छ : महामन्त्री थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको समस्याको हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् ।

आइतबार ‘मिश्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा मात्र ठूलो नभएर देशको समस्याको हल गरेर ठूलो जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको सबैभन्दा ठूलो दल हुने सुविधा हामीले त्यसै पाउँदैनौं । ठूलो दल भनेको संसदमा मात्र ठूलो भएर हुँदैन । देशको समस्याको हल गर्ने ठूलो जिम्मेवारी पनि हामीले लिनुपर्छ । त्यसकारणले मात्र हामी ठूलो हो । हाम्रो जिम्मेवारी पनि त्यहीँ अनुसारको छ ।’

उनले पार्टीमा अलमल र आशंका गर्ने छुट कसैलाई नभएको बताए । उनले आन्दोलनबाट स्थापित गरेको समावेशीता, समानुपातिक प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व कहिले नघट्ने बताए । उनले भने, ‘हामीले हाम्रो आन्दोलनबाट स्थापित गरेको समावेशीता समानुपातिक प्रतिनिधित्वो, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व बढ्छ तर घट्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्