दुर्गा प्रसाईका समर्थकमाथि प्रहरीको धरपकड

<span class='c1'>दुर्गा प्रसाईका समर्थकमाथि</span> <span class='c2'>प्रहरीको धरपकड</span>

काठमाडौं । दुर्गा प्रसाई काठमाडौंमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ ।

प्रहरीले प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रसाई पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई निगरानीमा मात्र राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्