विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि

<span class='c1'>विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले</span> <span class='c2'>आज विदा मागे, महानगर भन्यो भोलि</span>

विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु परे गरौंला भन्ने जवाफ दिएको सुनाए ।

विराटनगर विमानस्थल मौसम पूर्वानुमान इकाईका अनुसार हिजो दिनभर उच्चतम ३६ डिग्री सेल्ससियस तापक्रम मापन भएको थियो । सोमबार ११ः४५ मा ३५.८ मापन भएको छ । दिउँसो २ः४५ बजे पुनः तापक्रम मापन हुनेछ । मापन भएको तापक्रमका आधारमा महसुश हुने गर्मीको रेन्ज फरक पर्दछ । सापेक्षित आद्रताका कारण पनि गर्मी महसुशलाई फरक पार्ने हुन्छ ।

विद्यालयका कक्षा कोठामा विद्यार्थीको उच्च संख्या हुन्छ । यद्यपी सबै विद्यालयमा पंखा तथा पीउने पानीको सुव्यवस्थित व्यवस्थापन छैन । त्यहि भएर विद्यालयका प्रअहरुले शैक्षिक प्रशासन महाशाखामा फोन गरेका थिए । शैक्षिक प्रशासन महाशाखाका प्रमुख ढुंगेलले भने–१० बजे केहि हेडसरले फोन गर्नुभयो, मैले आज विद्यार्थी आईसके अब भोलि र्माैसम हेरौंला भनिदिए । केहि निजी विद्यालयहरुले गर्मीका कारण विद्यार्थीलाई घर फर्काएका छन् । बस्न नसक्ने अवस्था आएपछि विद्यार्थीलाई घर पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्